मन्त्रिपरिषद्ले गरेका ८ निर्णयहरू

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले मंगलबार बेलुका विभिन्न ८ निर्णय गरेको छ। नियुक्तिदेखि पदमुक्तसम्मका निर्णयहरु भएका मन्त्रिपरिषद्ले गरेका हुन् । बैठकले थप तीन बिधेयकहरु समेत स्वीकृत गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्का ८ निर्णय यस प्रकार रहेका छन् ।

१. बालबालिका सम्बन्धि कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने

२. खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धि बिधेयक संसदमा पेश गर्ने

३. रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक संसदमा पेश गर्ने

४. निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा परिक्षक सुरेश प्रधानलाई तोक्ने

५. मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने प्रयोजनका लागि बुढानिलकण्ड क्षेत्रको ९ आना जग्गा अधिकरणका लागि स्वीकृती दिने

६. परराष्ट्र मालिम अध्ययन प्रतिष्ठान अध्ययन विकास समितिलाई पुर्नगठन गर्ने। जसमा डा खड्क केसी, डिल्लीराज घिमिरे,  हरि फुँयाल, हिमालय थापा, प्रा डा मिना बैद्य मल्ल,  भवानी राणा, डा शंकर शर्मा, र लालबाबु यादबलाई ३ वर्षका लागि नियुक्त गर्ने

७. बोनस ९चौथो संशोधन० नियमावली २०७५ स्वीकृत गर्ने

८.नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close