क्याप्टेन अधिकारीले गाउँपालिकालाई दिए निःशुल्क जगा

बेनी । मंगला गाउँपालिका–२ बाबियाचौर घर भइ हाल काठमाडौ बस्दै आउनुभएका क्याप्टेन इन्द्रबहादुर अधिकारीले तीन रोपनी १५ आना तीन पैसा दुई दाम जग्गा गाउँपालिकालाई उपलब्ध गराउनुभएको हो । मंगलबार ७३ वर्षीय जग्गादाता अधिकारीले गाउँपालिकाका अध्यक्ष रोकालाई जग्गाको लालपूर्जा हस्तान्तरण गर्नुभयो । सो जग्गा बाबियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक उद्यान निर्माणका लागि प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।
“उद्यान निर्माण गर्न जग्गाले ठूलो सहयोग पुग्यो,” अध्यक्ष रोकाले भन्नुभयो । जग्गादाता अधिकारीलाई गाउँपालिकाले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । अधिकारीले आफू काठमाडौमा रहे पनि जन्मेको ठाउँको विकासमा सहयोग पुगोस् भनेर जग्गा उपलब्ध गराएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close