दुर्घटनामा परी १६ जना घाइते

तनहुँ । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो । बस र ट्रक एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।
गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close