एथ्लेटिकोले जित्यो यूईएफए सुपर कप

काठमाडौं । एथ्लेटिकोले यूईएफए सुपर कप जितेको छ । रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको हो । क्रिष्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छाडेपछि पहिलो औपचारिक प्रतियोगिता खेलेको रियल मड्रिडले ४–२ को अन्तरालले हार व्यहारेको थियो ।
ए ले केक एरिनामा भएको खेलमा एथ्लेटिको मड्रिडले पहिलो मिनेटमा नै डिएगो कोष्टाको गोलमार्फत अग्रता लिए पछि रियल त्यसै पछाडि परेको थियो ।
तर, २७ औं मिनेटमा करिम बेञ्जिममाले रियल मड्रिडका लागि बराबरी गोल गरे भने दोस्रो हाफको ६३ औं मिनेटमा सर्जिओ रामोसले पेनाल्टी गोलमार्फत रियललाई अग्रता दिलाए । तर, ७९ औं मिनेटमा कोष्टाले नै बराबरी गोल फर्काए । त्यसपछि
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयको खेलमा सउल र कोकेले गोल गरे । ९८ औं मिनेटमा सउल र १०४ औं मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिको मड्रिडले ४–२ गोल अन्तरले जित निकाल्दै उपाधि आफ्नो हातमा पा¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close