एकैदिन १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । प्रत्येक दिन नेप्से ओरालो लागिरहेको छ । तर पनि नेप्सेमा एकैदिन १ करोड २० लाख ५० हजार ८ सय ५४ कित्ता सेयर सूचीकृत गरिएको छ । बिहीबार एक वाणिज्य बैंकसहित ३ कम्पनीको सेयर सूचीकृत गरिएको हो ।
मेगा बैंकको बिहीबार ९९ लाख ८६ हजार ९ सय ५१ दशमलब ५३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४ सय ४२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
यता नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ४ लाख १७ हजार ४ सय ६१ दशमलब २० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close