जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

धनकुटा । दुग्ध उत्पादक सहकारीहरुका लागि प्रभावकारी आपूर्ति श्रृंखला व्यवस्थापन विषयक जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजना तथा उन्नति परियोजनाको सहयोगमा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले संघीय संरचनाअनुसार प्रदेश सरकारले सहकारीको क्षेत्रमा क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले प्रविधिको विकास नभएर समस्या भएको बताउँदै सहकारी र संघसंस्थाले स्वावलम्वी र आत्मसम्मानका साथ काम गर्नुपर्ने बताए । कार्यक्रममा संघीय संरचनामा सहकारीका अवसर र चुनौतीहरु, दुग्ध किसानले भोग्नुपरेका समस्याहरु, दुग्ध किसान र सहकारीलाई स्थानिय सरकारले गर्न सक्ने सहयोग तथा नियमन लगायतका विषयमा छलफल भएको थियो ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारद बहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान, जिल्लाका सात वटै स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

राष्ट्रिय सहकारी महासंघका कार्यक्रम संयोजक सुरेश थापा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले सहजीकरण गरेको कार्यक्रममा जिल्लाका दुग्ध उत्पादक किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close