टोटनह्यामलाई खाता नै खोल्न नदिई लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । टोटनह्यामलाई पराजित गर्दै युईएफए च्याम्पयन्स लिगको उपाधि लिभरपुलले चुमेको छ । गएराती समड्रिडमा म्पन्न खेलमा टोटनह्यामलाई खाता नै खोल्न नदिई २-० ले पराजित गरेको खेल निकै रोमाञ्चक बनेको थियो । लिभरपुलको जितका लागी मोहम्मद सलाह र डिभोक ओरिगिले एक उक गोलको योगदान गरेका थिए ।

खेलको दोस्रो मिनेटमा टोटनह्यामका खेलाडिले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि लिभरपुलका सलाहाले उक्त अवसरलाई जाली चुमाउँदै खाता खोलेको थियो । त्यस्तै खेलको ८७ औँ मिनेटमा ओरिगिले टिमका लागी दोस्रो गोल गर्दै टोटनह्यामविरुद्व २-० को जित दिलाउन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close