विश्वकप क्रिकेट : अफगानिस्तानलाई आच्छु-आच्छु पार्दै हरायो अष्ट्रेलियाले

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अष्ट्रेलियाले अफगानिस्तानलाई आच्छु आच्छु पादै शानदार जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराउन सफल भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८.२ ओभरमा अलआउट हुँदै जोडेको २ सय ८ रनको लक्ष्य अस्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेटको क्षतिमा पार गर्दै जित आफ्नो नाममा दर्ता गर्न सफल भएको हो ।

अफगानिस्तानका लागी २ सय ७ सन जोड्नका लागी नाजिबउल्लाह जाड्रनले ५१ रन ,  रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले ३१ रनको योगदान दिए । रासिद खानले ११ बलमा २ चौका र ३ छक्काको मद्धतले २७ रन बटुले भने अन्य खेलाडीको प्रर्दशन सामान्य रह्यो । त्यस्तै अष्ट्रेलियाका लागि डेभिड वार्नरले नटआउट ८९ रन जोडे। उनले ११४ बलमा ८ चौका हिर्काए। वार्नर खेलको म्यान अफ दि म्याच भए। ओपनर तथा कप्तान आरोन फिन्चले ४९ बलमा ६ चौका र ४ छक्काको मद्धतले ६६ रनको योगफल तयार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close