अष्ट्रेलियामा अन्धाधुन्ध गोली चलाउँदा चारको मृत्यु

एजेन्सी । अष्ट्रेलियाको डार्बिनमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।प्रहरीले गोली चलाउने ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । पम्प एक्सन सट गनको प्रयोग गरी मंगलबार बन्दुकधारीले विभिन्न स्थानमा गोली चलाएको र निश्चित व्यक्तिहरुलाई निशाना बनाउने प्रयासमा रहेको प्रहरीले आशंका गरेको छ ।

प्रहरीले सो घटना आतंकवादसँग सम्बन्धित भने नरहेको बताएको छ । सन् १९९६ मा तास्मानियामा ३५ जनाको मृत्गु हुनेगरी भएको गोलीकाण्डपछि अष्ट्रेलियाले हतियार राख्ने प्रावधानमा संशोधन गरेको थियो ।

संशोधनबाट बन्दुक राख्न पाउने अधिकार रद्द गर्दै सेमी अटोमेटिक र अटोमेटिक बन्दुकहरुमाथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियाका उत्तरी क्षेत्रका प्रहरी प्रमुख रेसी केरसअले सो घटनामा प्रतिबन्धित ’सटगन’ प्रयोग भएको बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close