सारेगमपको फाइनलमा आज नेपाली बाल प्रतिभा आयुष र प्रीतमले मार्लान् त बाजी ?

काठमाडौं– भारतीय टेलिभिजन च्यानल जी टीभीको एक रियालिटी शो मार्फत चर्चामा आएका दुई बाल प्रतिभा हुन् आयुष र प्रीतम । जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा दुई नेपाली बालक आयुष र प्रीतम पुगेका छन् । आयुष केसी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ ठोकर्पा स्थायी घर भइ भक्तपुरको ठिमीमा अस्थायी रुपमा बस्छन् भने प्रीतम आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का बासिन्दा हुन्। फाइनलमा पुगेका आयुष सिन्धुपाल्चोकका हुन् ।

२०६३ साल साउन ८ गते जन्मिएका आयुस सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ ठोकर्पाका हुन् । उनको परिवार अहिले भक्तपुरको ठिमीमा अस्थायी बसोबास गरिरहेका छन् । उनले तीन बर्षको उमेरदेखि सङ्गीत सिक्दै गरेको उनका बाबु रामकृष्ण केसीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

२०७३ सालमा उनी नेपालमै आयोजना गरिएको सुरशाला जुनियर आइडलमा विजेता बनेका थिए । त्यस्तै प्रीतम आचार्यको घर सुनसरीमा हो । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का बासिन्दा हुन् आचार्य । प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा एक साता अघि केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन् । प्रीतम २०६५ साल जेठ १० गते जन्मेका हुन्। यि दुई मध्ये कसले बाजी मार्लान् भन्ने आज पक्का हुनेछ । तर उनीहरुले अन्य ३ जना भारतीय प्रतिभासँग पनि प्रतिस्पार्ध गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close