टिभी नायिका चारुले चर्चित नायिका सुस्मिता सेनका भाइसँग कसिन् लगनगाँठो

एजेन्सी । सुस्मिता सेनका भाइ राजिव सेनले टिभी नायिकासँग गोप्य विवाह गरेका छन् । राजिवले टिभी नायिका चारु असोपासँग विवाह गरेपछि अहिले भने उनीहरुका तस्विर सामाजिक संजालमा भाइरल बनिरहेका छन् । आइतबार बिहान राजीवले यसबारेउनले इन्स्टाग्राममा विवाहको फोटो सेयर गर्दै जानकारी दिएपछि उनीहरुलाई बधाई र शुभकामनाको ओइरो लागेको छ । तस्विर शेयर गर्दै उनले लेखेका छन् , ‘म राजीव सेन चारु असोपालाई आफ्नी आधिकारिक श्रीमतीको रुपमा स्विकार गर्दछु ।

’त्यसपछि चारकी आमाले दबै छोरी ज्वाइलाई आर्शिबाद दिएकी छन् ।उनकी आमा निलमले राजिवको इन्स्टाग्राम पोष्टमा लेखेकी छिन्, ‘परिवारमा स्वागत छ ज्वाईं राजा ।’ उनीहरुले १६ जुनमा हिन्दु रितिरिवाज अनुसार विवाह गर्ने तयारी गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close