पुल निर्माणमा चरम लापरबाही : खोला एकातिर-पुल अर्कैतिर !

नुवाकोटको विदुरु नगरपालिका स्थित गेर्खु खोला किनारमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेंशी, रसुवागढी सडक आयोजनाले पुल निर्माण गरेको छ । भारत–नेपाल हुँदै चिनको केरुङ जोड्ने राष्ट्रिय गौरवको आयोजना मानिएको सडक आयोजनामा खोला बग्ने बहाव र धारभन्दा विपरित दिशामा पक्की पुल निर्माण गरिएको छ । गेर्खु खोला पूर्वबाट पश्चिम बगिरहेको छ, भने पुल उत्तरसीधा दक्षिणतिर फर्काइएको छ । पुल खाली ठाँउमा छ, भने खोलामा कल्र्भट हालेर वारपार गर्नुपर्ने बाध्यता छ ।

तातोपानी नाकाको विकल्पमा चिन जोड्न नेपाल सरकारले त्रिदेशिय सडक आयोजना अघि सारेको थियो । दुईवर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ अर्बौंको लगानीमा निर्माण थालिएको आयोजनाले ४ वर्ष नाघिसक्यो तर, सडक र पूर्वाधारको अवस्था यस्तो छ ।

आयोजनाको लागि मात्रै होइन स्थानीयका लागि समेत करोडौं लागतमा बनेका यस्ता पुल निल्नु न ओकेल्नु भएको छ । अझ अचम्मको कुरा त के छ भने यो पुल निर्माण गर्ने जिम्मा पाएको निमार्ण कम्पनी कालिका रसुवा हिमदुङ एण्ड थोकर जेभि सांसद समेत रहेका निर्माण व्यवसायी बहादुरसिंह लामाको हो ।

दुई बर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी सडक विभागसँग कम्पनीले पुलको डिजाइन र निर्माण दुवै गर्ने गरी सम्झौता गरेको छ । खोला एकतिर पुल अर्कोतिर भएपछि अहिले विदुर नगरपालिकाले समेत निर्माण कम्पनीलाई कारवाही गर्न माग गरेको छ । तर सडक आयोजनाका प्रमुख नारायाणदत्त भण्डारीले भने खोलाले सम्झौताको अवधिमा भन्दा अहिले धार परिवर्तन गरेका कारण यस्तो भएको हुन सक्ने दाबी गर्छन् । तर दृश्यमा खोला बगिरको दिशा र पुल बनिरहको ठाँउ फरक–फरक देखिन्छ ।

साथै जम्मा १० मिटर लामो पुलले यो खोला पार नुहने स्वयम भण्डारीनै बताउँछन् । यो पुलले विकास निर्माणमा हुने चरम लापरवाहीलाई उदाङ्गो पारेको छ ।
-News 24 Tv Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close