विषालु सर्पले डस्दा महोत्तरीमा महिलाको मृत्यु !

भंगहा नगरपालिका–५ मा बिहीबार राति विषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीले बताए ।

राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी महिला सरदारलाई विषालु सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहा जिल्लाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा राति करीब सवा १० बजे बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close