पोखरामा ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ !

लागूऔषध नियन्त्रण ब्यूरो पोखराको प्रहरी टोलीले पोखरामा एक जनालाई ठुलो मात्रामा लागूऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका १४ चाउथेबाट पश्चिम नवलपरासीको सुष्ता गाउँपालिका ५ महलबारी बस्ने ५० बर्षिय प्रहलाद कोहारलाई पक्राउ गरेको हो ।

लागू औषध बुर्फिनर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनारगर १०० एम्पुल गरि ३०० एम्पुल र २ थान मोबाईल सहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close