नेपाली कांग्रेसका क्रियाशील सदस्य राधा भट्ट !

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूकी कान्छी बहिनी एवं क्रियाशील सदस्य राधा भट्टको निधन भएको छ । ६२ वर्षीया भट्टको शनिबार ललितपुरको लगनखेलस्थित हरिसिद्धी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

भट्ट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले शोक विज्ञप्ति जारी गर्दै उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तिलाई गुमाएको जनाउनुभएको छ ।

साथै भट्टको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा सम्वेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close