ब्लशिनपल ब्युटी सलुन प्रथम बर्ष प्रबेश गरेको अबसरमा प्रथम बार्षिकोत्सव मनाउदै !

ब्लशिनपल ब्युटी सलुन प्रथम बर्ष प्रबेश

ब्लशिनपल ब्युटी सलुन प्रथम बर्ष प्रबेश गरेको अबसरमा प्रथम बार्षिकोत्सव मनाउने भएको छ ।
२०७५ सालल भाद्र ३१ गते पोखराको नयाबजारमा ३ जना महिला उधमी को लगानीमा सलुन खोलीएको थियो । करीब एक करोड ५० लाखको लगानीमा सलुन स्थापना गरीएको होे ।
पछिल्लो क्रममा मा सलुनले आफनो राम्रो सेवाहरु बाट आम सोवा लिन आहुने सेवा ग्राही हरुको मन जितीरहेको सञ्चालक मध्यकी एक विमला श्रेष्ठले जनाउनु भएको छ ।

एक बर्ष अघिबाट संचालनमा आएको सलुनमा फेसियल, मेनिक्योर, पेडिक्योर, थ्रेडिङ, हेयर कलरिङ, ब्राइडल, पार्टी मेकअप आदिका साथै सौन्दर्यसम्बन्धी अन्य सेवासमेत प्रदान गरिएको सञ्चालक मध्यकी एक संगीता बज्राचायले जानाकारी दिनु भएको छ ।

महिला तथा पुरुष दुवैका लागि खोलिएको सलुनमा पुरुषहरू प्राय हेयर कलर गर्न आउँने गरेको सञ्चालक मध्यकी एक शान्ति उदासले बताउनु भएको छ । सातामा सातै दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुल्ने यो सलुनमा धेरैजसो ग्राहक हेयर कट, कलर तथा थ्रेडिङका लागि पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close