मलेसियाको लागि श्रम स्वीकृति दिन थालियो !

शून्य लागतमै कामदार जान पाउने

विगतदेखि बन्द रहेकाे मलेसियाको लागि श्रम स्वीकृति दिन थालिएकाे छ । नयाँ श्रम स्वीकृति भएसंगै कामदारहरू मलेसिया शुन्य लागतमा जान पाउने भएका छन् । नेपाल र मलेसियाको मन्त्रालयको सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमति अनुसार मलेसियामा नेपालीहरुको लागि पूनः रोजगारी खुल्ला गरिएको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन मन्त्रालयबाट पहल भएका विभिन्न नीतिगत र प्रकृयागत सुधारका कार्यक्रम अन्तर्गत मलेसिया वैदेशिक रोजगारलाई व्यवस्थित गरी पुनः १५ महिनापछि मलेसिया रोजगारी आइतबारबाट खुल्ला गरिएकाे हाे ।

सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार रोजगारीको लागि मलेसिया खुल्ला गरिए संगै कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपाल र मलेसियाबीच नयाँ श्रम समझदारीलाई कार्यान्वयन गर्ने आधार निर्माण भएको भन्दै मलेसियामा कामदार पठाउने निर्णय गरेका हुन्।

उनले मलेसियास्थित नेपाली दूतावासलाई श्रम समझदारी अनुसार मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएका छन् । नेपाली दूतावासमा ६ सय रोजगारदाताले करिब २५ हजार कामदार ल्याउनका लागि मागपत्र पेस गरेका थिए । श्रम मन्त्रालयको निर्देशन नआएपछि त्यो मागपत्र प्रमाणीकरण रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close