रुपन्देहीमा अज्ञात समूहले गोली चलाउँदा कुर्मीको ज्यान गयो !

रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर एकको ज्यान गएको छ । आइतबार दिउँसो अज्ञात समूहको गोली लागेर ओमसटिया–४ का ४० वर्षीय महेन्द्र कुर्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए ।

कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएका डाकाको समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close