जम्मू–कश्मीरः भारत पाकिस्तान नियन्त्रण रेखा क्षेत्रमा तनाव !

कश्मीर माैन

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) क्षेत्रमा गएको ५ अगष्टदेखि सुरु भएको तनाव अझै बढिरहेको छ ।

भारत सरकारले गएको ५ अगष्टमा जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा अनुच्छेद ३७० को अधिकांश प्रावधानहरु हटाउने फैसला गरेको थियो ।

सेनाका अनुसार गएको पाँच हप्तादेखि झण्डै ३० पटक युद्धविरामको उल्लंघन भएको छ । गएको दुई तीन दिनदेखि राजौरी र पुन्छ जिल्लाको मजकूट, सुन्दरबनी र बालाकोट क्षेत्रमा गोलीबारी भएको छ ।

यही कारणले गर्दा यहाँका अधिकांश मानिसहरु पलायनको बारेमा सोच्न बाध्य छन् । गोलीबारीमा केही बालबालिकाहरु स्कुलमा फसेका थिए । सेनाका अधिकारीहरुले केही समूहलाई पठाएर उनीहरुलाई स्कुलबाट निकालिएको थियो ।

यद्यपि नियन्त्रण रेखाको कश्मीर क्षेत्रमा जम्मूको तुलनामा कम मात्रामा गोलीबारी भएको छ । जम्मूको पुन्छ र राजौरीको सीमावर्ती क्षेत्रमा केही ज्यादा तनाव छ ।

कश्मीर क्षेत्रको कुरा गर्दा गिरफ्तारीमा कमी आएको छ कि छैन भन्न अझै मुश्किल छ । यहाँ गिरफ्तारीको जुन शैली असामञ्जस्यपूर्ण । कुनै सडकमा एक या दुई ढुंगा प्रहारको घटना घटेपछि एउटा अभियान सुरु हुन्छ र केही युवाहरुलाई प्रहरी चौकीमा बोलाएर हिरासतमा लिइन्छ ।

प्रशासनले भने यसलाई गिरफ्तारी नभएर काउन्सिलिंङ भन्ने गरेको छ । कुनै व्यक्तिले प्रदर्शनमा भाग लिएको शंका लागेमा उसलाई बोलाएर चार दिन या १० दिन राखिन्छ । यस्तो कारबाहीबाट अनौठो स्थिति सिर्जना हुन्छ । उनीहरुका आमाबुवा धेरै आतंकित बन्छन् किनकि प्राय उनीहरुलाई छाेराछाेरीहरुसँग भेट्न दिइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close