कालीगण्डकी–तिनाउ डाइभर्सनको काम अगाडि बढे प्राकृतिकलाई खतरा !

संघ सरकारको प्राथमिकताको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको योजनाले प्रदेश सरकार र संघ तथा प्रदेश–प्रदेश सरकारबीच द्वन्द्व बढाउने खतरा देखिएको छ । यो आयोजना केन्द्रिय सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिपतिबाट सम्भाव्यताका आधारमा निर्माणकार्य थालनी गर्नु पर्नेमा अगाडी सरिसकेको छ । यसरी केन्द्रिय सरकारले नै निर्णय गरेपछि गण्डकी प्रदेशले भने यो आयोजनालाई कुनै पनि तबरले अगाडी बडाउन नदिने अडान राख्दै आएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङले पटक पटक विभिन्न सार्वजनिक कार्यक्रममै यो आयोजनाले द्वन्द्व निम्त्याउने खतरा रहेको टिप्पणी गर्ने गरेका छन् । प्रदेश सरकारलेनै कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यिय आयोजनाको विरोध गरिरहेकै अवमा यस्को विरोध जनस्तरबाटै आउन थालेको छ ।

सरकारले गौरवको आयोजनाको रूपमा थाल्न लागेको कालीगण्डकी–तिनाउ डाइभर्सन तनहुँको देवघाटसहित आसपासका क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्ने देवघाटबासीको भनाई छ । सोमबार भरतपुरमा देवघाट क्षेत्र विकास समिति, नेपाल सन्त समाज र देवघाट गाउँपालिकाको संयुक्त आयोजनामा भएको कालीगण्डकी–तिनाउ डाइभर्सन र प्रभाव विषयक अन्तक्रिया कार्यक्रममा कालीगण्डकीको प्राकृतिक वहावलाई फेर्दा त्यसले वातावरणमा पार्ने प्रभाव खतरनाक हुने विज्ञहरूको भनाइ रहेको थियो ।

कालीगण्डकी उपत्यका विकास आयोजनाका अभियन्ता शान्ता बहादुर श्रेष्ठले कालीगण्डकी डाइभर्सन परियोजना विकास नभई विनाश हुनसक्ने बताउनुभयो । नदी डाइभर्सन गरिदा नदीको पुरानो वहाव क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समेत हानि पुग्ने बताउनुभयो । कालीगण्डकी डाइभर्सनको काम अगाडी बडे सरकारले नारायणी नदीमा पानी जहाज कसरी चलाउछ भन्ने समेत विज्ञहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close