प‍ोखरा काे बगरमा खुल्याे हाेलसेल मुल्यमा सबै समान पाईने पानी पंधेराे डिपार्टमेन्ट स्टाेर्स !

नदीपुर, बगर, सिम्पानी क्षेत्रका मानिसलाई सपिङ सहज बनाउन पोखरा १ बगरमा नयाँ डिमार्टमेन्टल स्टोर्स खुलेको छ । युवा व्यवसायीको समूहले भीमकालीपाटन, बगरमा पानी पँधेरो डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको हो । पानी पँधेरो यो क्षेत्रमा स्थापना खुलेको पहिलो डिमार्टमेन्टल स्टोर्स हो ।

भदौ १३ गतेबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको स्टोर्समा खाद्यान्न, रेडिमेड कपडा, किचन आइटम, कस्मेटिक, गिफ्ट, जुत्ता, चप्पल, रेस्टुरेन्ट, मदिरा लगायतका सामग्री राखिएको छ । स्थापनाको १ हप्तामै राम्रो कारोबार र सेवाग्राहीको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको स्टोरका प्रबन्ध निर्देशक खेम तिमिल्सिनाले बताए ।

अध्यक्ष कुलदीप भट्टराई सम्पूर्ण सामान एउटै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य अनुरुप स्टोर्स खोलिएको बताउँछन् । उनले योजना बनाएर, बजारको अध्ययन गरेर व्यवसाय सुरु गरेको उल्लेख गर्दै गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिवद्धता गरे ।

स्टोर्समा अहिले करिब ५ करोड लगानी भएको छ । पोखरामा व्यापार, व्यवसाय गरेका र वैदेशिक रोजगारीमा गएर फर्किएका गरी १५ युवाको यसमा लगानी छ । पहिलो चरणमा पोखराका विभिन्न क्षेत्रमा शाखा खोल्ने उनीहरुको योजना छ । सञ्चालक कुमारप्रसाद बराल कम्पनीका सामान प्रत्यक्ष खरिद गरी उपभोक्तालाई सुलभ दरमा उपलब्ध गराइने बताउँछन् । बरालले भने, ‘बीचमा बिचौलियाको कमिसनको बोझ उपभोक्तामा नपारोस् भन्ने चाहेका छौं ।’

वेबसाइट पानीपँधेरोस्टोर्स डट कमबाट अनलाइनमा कारोबार र होम डेलिभरी पनि गर्ने जनाइएको छ । असोज पहिलो हप्ताबाट औपचारिक रुपमा सेवा सञ्चालन गर्ने स्टोर्सको योजना छ । ‘सेवा सुरुआत र चाडपर्वलाई मध्यनजर गरी केही न केही विेशष योजना पनि ल्याउँछौं,’ बरालले भने । होलसेल मूल्यमा सबैजसो सामान एकै ठाउँबाट उपलब्ध गराई पोखरेलीलाई सपिङको वास्तविक मज्जा दिने लक्ष्य उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close