काठमाडौँमा सेनाद्वारा वृक्षरोपण !

नेपाली सेनाले काठमाडौँ उपत्यकामा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले त्रिपुरेश्वरचोकदेखि सुन्धारा नागस्थानसम्म सडकको पश्चिमतर्फ वृक्षरोपण गरेको छ ।

सेनाले संविधान दिवसको उपलक्ष्यमा सुन्धारा, भोटाहिटी, जमल हुँदै दरबारमार्ग महेन्द्र शालिकसम्म सडकको दुवैतर्फ वृक्षरोपण कार्यक्रम गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । विभिन्न जातका गरी करीब २५० वटा बिरुवा रोपिएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका, नेपाली सेना र वातावरण विभाग सहकार्यमा उपत्यकामा हरियाली विस्तार गर्ने उद्देश्यले शुरु भएको वृक्षरोपण कार्यक्रमलाई नेपाली सेनाले निरन्तरता दिँदै जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close