स्वास्थ्यमन्त्री ज्यू, तपाई टेकु अस्पाताल जानु भाछ !

सांसद आक्रोस

डेङ्गुले उपत्यकामा महामारीको रुप लिएको अवस्थामा स्वास्थ्य मन्त्री तथा स्वास्थ्य राज्य मन्त्रीले वेवास्था गरेकाे भन्दै सांसद कृष्णगोपाल श्रेष्ठ आक्रोसले व्यक्त गर्नुभएको छ ।

नेकपा सांसद श्रेष्ठले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई मन्त्रीले देशमा यत्रो महामारी आइलाग्दा पनि कानमा तेल हालेर बसेकाे आरोप लगाउनु भएको हाे ।

डेङ्गको सन्दर्भमा संसदमा धेरै पटक प्रसङ्ग उठ्दा उठ्दै पनि स्वास्थ्य मन्त्री तथा स्वास्थ्य राज्य मन्त्रीले कानमा तेल हालेर बसेको भन्दै उहाँले यो भन्दा लापरवाही तरिका देखाएको बताउनु भएको हो । सभामुखले रुलिङ गरेपछि मात्र मन्त्रीहरुको चेत खुल्यो उहाँले भन्नुभयो, ‘मन्त्रीहरुको यस्तो किसिमको गैरजिम्मेवारको जवाफको समेत माग गर्छु ।’
उहाँले स्वास्थ्य मन्त्रीको लापरवाही तरिका भएको र डेङ्गु लागेको बिरामीको उपचारमा समेत मन्त्रीहरुले चासो नदिएको आरोप लगाउदै उहाँले प्रश्न गर्नुभयो, ‘दशैभरि डेङ्गु रोग लागेको बिरामी आउने ठाँउमा कहिले जानुभएको छ ? भन्ने प्रश्न गर्नुभएको हो ।’

बिहानको ३,४ बजेदेखि उपचारको लागि लाइन बस्ने गरेको तर कुनै पनि व्यवस्थित नहुँदा बिरामी मारमा परेको भन्दै उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्री ज्यू, तपाई टेकुमा जानु भा’छ ? त्यहाँ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close