नेपाल आईस ‘ मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को दोस्रो राउन्ड चितवनमा सम्पन्न !

मोडल अफ द वीक स्नेहा गुरूङ हुन सफल !

बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को अडिसन पछिकोे दोस्रो राउन्ड चितवनमा सम्पन्न भएको छ ।
ब्ल्यु रेयस प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका थिए । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका थिए । सोहि क्रममा विभिन्न चरणमा प्रतिष्पर्धा गराई याे हप्ताको मोडल अफ द वीक स्नेहा गुरूङ हुन सफल हुनुभएको छ । अघिल्लो हप्ता भने नेपाल आईस मोडल अफ द वीक निशा नेपाली हुनुभएको थियो । तेसै गरि सुजुकि मोडल अफ द वीक समिक्षा लयालु हुनुभएको थियो ।
पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी छनोट भएका १५ जना प्रतिष्पधी हरु बिच बिभिन्न चरणमा प्रतिष्पर्धा गराई गराइएको थियो । पहिलो हप्ता ५ जना प्रतिष्पधी हरु डेन्जर जोनमा परेका थिए ।
अघिल्लो हप्ता ५ जना प्रतिष्पधी हरु मध्य २ जना प्रतिष्पधी हरु ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ बाट बाहिरका थिए ।
चितवनमा सम्पन्न दोस्रो राउन्ड बाट याे हप्ता पनि एक जना प्रतिष्पधी छन ।
बाकि छनोट भएकाहरुलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ । टिआरा ईन्टरटेनमेन्टको एशोसियसनमा हुने प्रतियोगीताका टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ । तेसै गरीे प्रतियोगीताको मेन स्पोन्सर क्यान भाष रहेको छ । टिभी पार्टनर गोल्डेनआई टिभी रहेको छ भने फेटोग्राफि पार्टनर द भोग स्टुडीयो रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित सुजुकि स्कुटर सगै नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेसै गरि प्रतियोगिताको फस्ट रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार र सेकेण्ड रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरिने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिनुभएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग रहेको टिआरा ईन्टरटेनमेन्टले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close