पूर्वी पहाडी जिल्लाका बासिन्दा ‘इकोली’ जीवाणु र तराईका नागरिक आर्सेनिकयुक्त पानी खान विवश !

१. पूर्वी पहाडी जिल्लाका वासिन्दा ‘इकोली’ जीवाणु र तराईका नागरिक आर्सेनिकयुक्त पानी खान विवश
जलश्रोतको अपार धनी यो मुलुकका जनता सबैभन्दा बढी पीडित खानेपानीको समस्याबाट नै छन् । दैनिक करोडौ लिटर पिउन योग्य पानी यो देशको नदी नाला हुँदै बगिरहेका छ्न । तर खानेपानी त्यसमाथि पनि स्वच्छ खानेपानीका लागि भने यही देशका नागरिकले तड्पिदै आउनु परेको छ । सप्तकोशी नदीलाई स्वच्छ पानी बग्ने ठूलो नदी मानिन्छ नेपालमा । प्रति मिनेट २७ सय करोड लिटर पिउन योग्य स्वच्छ पानी बग्ने यो नदीले भने पूर्वी पहाडी जिल्लाका वासिन्दालाई गिज्याउदै बगिरहेको भान हुन्छ ।
हालै प्रदेश एकका जिल्लाहरुमा खानेपानीको अवस्थाबारे गरिएको परीक्षणबाट सबै पहाडी जिल्ला र तराईका जिल्लाका वासिन्दाहरु स्वच्छ पिउने पानीबाट वञ्चित भएको पाइएको तथ्यांक सार्वजनिक भएको छ । पहाडी जिल्लाका वासिन्दाहरु इकोली नामक व्याक्टेरियायुक्त पानी पिउन बाध्य छन् भने तराईका वासिन्दा आर्सेनिकयुक्त पानी पिउन विवश छन् । यस्का लागि अब सचेतना नै सबभन्दा ठूलो पक्ष बनेपनि यसतर्फ जागरण ल्याउने काम भने सरकारी निकायकै काँधमा आइलागेको छ ।
२. सामुदायिक विद्यालयहरुको अध्यापन शैलीमा सुधार नआउँदा सरकारको लगानी वालुवामा पानी बन्दै
‘कपुरी क, खरायो ख’ को परम्प्रागत शैलीबाट अझै पनि नेपालका अधिकांश सरकारी एवं सामुदायिक विद्यालयहरु माथि उठन सकेका छैनन् । कतिपय सामुदायिक विद्यालयहरुले आफुलाई निजी विद्यालय भन्दा श्रेष्ठ सावित गरेपनि धेरै जसो सामुदायिक विद्यालयहरुको ताल भने उही छ । जस्ले गर्दा राज्यको ठूलो लगानी वालुवामा पानी झै बनेको छ । प्रतिफल शून्य भएर जाँदा सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर झन झन खस्कदै गएको छ ।
त्यसमाथि समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने तथा ईन्टरनेट चलाएर बस्ने शिक्षकहरुको प्रवृत्तिले गर्दा पनि सामुदायिक विद्यालयप्रति अभिभावकहरु पनि चिन्तित बन्नु स्वभाविक नै हो । तर अब स्थानीय तहहरुले सामुदायिक विद्यालयको संस्कार र शैली फेर्न जुर्मुराएका छन् । यस्को उदाहरण पेश गरेको छ–तेह«थुमको म्याङलुङ नगरपालिकाले ।
३. भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा आकर्षण बौद्ध गुम्बा निर्माणको अभियान तीब्र
गुम्बा बौद्ध धर्मावलम्बीहरुका लागि पवित्र देवस्थल हो । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको वासस्थानकोरुपमा पूजिने गुम्बाहरु विनय , करुणा र शान्तिका आधार स्तम्भ पनि मानिन्छन । नेपालमा भगवान गौतम बुद्धलाई हिन्दूहरुले पनि उत्तिकै सम्मानका साथ पूजा गर्ने गरेको कारण पनि गुम्बा निर्माणमा हिन्दूहरुको भूमिका उत्तिकै रहदै आएको छ । देशभर बिभिन्न स्थानमा रहेको गुम्बाहरु हिन्दूहरुको पनि पवित्र तीर्थस्थलकोरुपमा पूजिदै आएको छ ।
बौद्ध गुम्बाहरु अहिले पवित्र बुद्धस्थलकोरुपमा मात्र नभइ पर्यटकका लागि आकर्षणको केन्द्र पनि बन्दै आएका छन् । बौद्ध धर्मको संरक्षणसहित पर्यटनसंग जोडेर भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा पनि आकर्षण बौद्ध गुम्बा निर्माणको अभियान थालिएको छ । गुम्बा निर्माण पछि गाउँकै मुहार फेरिने आशा पनि धेरैले लिएका छन् भने गुम्बा निर्माणमा सबै वर्ग समुदाय जुटेर लागेका छन पनि ।