दशैँका लागि टिकट काट्दै हुनुहुन्छ ? यस्ताे छ भाडादर !

हेर्नुहाेस् भाडादर

दशैँमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला भएको छ । यससँगै नयाँ बसपार्कमा लामाे दूरीका बसकाे टिकट बुकिङ गर्नेहरुकाे रातिदेखि नै भीड लागेकाे छ ।

गत भदौ २६ गते यातायात व्यवस्था विभाग, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । यद्यपि यसपटक भने भाडादर बढाइएकाे छैन । एक वर्षअघि लागू भएकै भाडादरमा यसपटक पनि टिकट काटिँदै छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले प्रचलित भाडाअनुसार नै टिकट बुकिङ गर्न सकिने बताए । यात्रुको सहजताको लागि उपत्यको १४ ठाँउमा नागरिक सहायता कक्ष राखिएको समेत उनले जानकारी दिएका छन् ।

यहाँ हेर्नुहाेस् भाडादर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close