विजयादशमी तथा शुभ दिपावलीको अवसरमा पोखरा ट्रेड मल द्वारा उपहार योजना सुरु !

असोज ५ देखि आउदो मंसिर ४ गतेसम्म लागु हुुने

नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा पोखरा ट्रेड मलले एक कार्यक्रम बिच आईतबार बाट उपभोक्ताहरुलाई लक्षित हुने गरी विभिन्न उपहार योजना सुरु गरेको छ ।
यो योजना असोज ५ देखि आउदो मंसिर ४ गतेसम्म लागु हुुने गरी पोखरा ट्रेड मलमा सामान खरिद गर्दा उपभोक्तालाई उपहार योजना लागु हुने पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रा.लि.का निर्देशक मिनराज काफ्लेले जनाकारी दिनु भएको छ ।
उपहार योजना को पानशमा बती बाली पोखरा महानगरका मेयर मानबाहादुर जि सी र मलका अध्यक्ष एवं गण्डकी प्रदेश सांसद विन्दुकुमार थापा द्वारा सुभारम्भ गरिएको थियो ।
कार्यक्रमा मा बोल्दै मेयर जि सी ले पोखरा का ग्रहाक हरुलाई राम्रो सेवा दिन र ग्रहक मन जित्न आग्रह गर्नु भएको छ । पोखरा मा पैसा धेरै खर्च गर्न सक्ने ग्रहाक भएको र उनिहरुले समान गणस्तर को खोज्ने भन्दै यसमा मल ले ध्यान दिनु पर्ने जनाउनु भएको छ ।
आउदो मंसिर ४ गतेसम्म लागु हुुने उपहार योजना मा हरेक १५ दिनमा ५० हजार ज्याकपट उपहार एक जनालाई प्रदान गरिने छ भने थप दुई जनालाई डोको भरी उपहार प्रदान गरिने भएको दशै तिहार उत्सव २०७६ व्यवस्थापन समिति का अध्यक्ष नवराज जानाकारी दिनु भएको छ । योजना अन्तर्गत बम्पर उपहारमा यामाहाको एफ.जेट.एस. १५० सि.सि. मोटरसाइकलको साथमा ५ जनलाई
डोकोभरी उपहार प्रदान गरिने भएको छ । उक्त उपहार योजनामा सहभागि हुन न्युनतम ५ सय रुपैयाको सामान खरिद गर्दा एउटा कुपन, २ हजारको सामान खरिद गर्दा ३ वटा कुपन र ५ हजारको सामान खरिद गर्दा १० वटा कुपन प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close