विशेष सुरक्षा योजना लागू : गृहमन्त्री थापा

चाडपर्वलाई लक्षित गरी असोज र कार्तिकमा विशेष सुरक्षा योजना

गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कार्तिक दुई महिनाका लागि विशेष सुरक्षा योजना नै तय गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close