सातौ संगम इलाभेन साइड फुटबल प्रतियोगिता सुरु !

संगम क्लबको आयोजनामा आजबाट सातौ संगम इलाभेन साइड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा माहानगर वडा नम्बर १३ का वडा अधक्ष्य दर्शन लामाले खेलाडि लाई बल हस्तानतरण गरि प्रतियोगिताको सुरु गर्नु भएको थियो । आजनै भएको प्रतियोगिताको पहिलो उत्घाटन खेलमा संगम टोल युवा कल्बले बुद्घ टोल युवा कल्ब बिरुद्घ ४ ( ० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । संगम टोल युवा कल्बको जितमा खेलाडि प्रदिप गुरुङ , जिबन गुरुङ , जयस गुरुङ र सुरज गुरुङले गोल गर्न सफल हुनु भएको छ ।

प्रतियोगिता असोज ११ गते सम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लेखनाथको भण्डारीढिक खेलमैदानमा खेलाईने छ । नक आउट सिस्टममा खेलाईने प्रतियोगिताका लागि एन्फा कास्की मा दर्ता भएका १३ कल्बहरुले सहभागीता जनाएका छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद 150,000 हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्तै द्घितिय हुने टिमले नगद ९0,000 हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगिताको सर्वा्धिक गोल कर्ता,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोल रक्षक,उत्कृष्ट मिड फिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close