सातौ संगम इलाभेन साइड फुटबल प्रतियोगितामा जारी , मंगलबार तिन खेल समपन्न !

संगम क्लबको आयोजनामा भएको सातौ संगम इलाभेन साइड फुटबल प्रतियोगितामा मंगलबार तिन खेल समपन्न भएका छन ।
आज समपन्न पहिलो खेल एल जि एसोसिएन भर्सेष माछापोखरि युवा कल्ब बिच लेखनाथको भण्डारीढिक खेलमैदानमा खेल भएको थियो । खेल बिहान १० (३० बजे सुरु भएको थियो । आजको पहिलो खेलमा एल जि एसोसिएनले माछापोखरि युवा कल्ब बिरुद्घ ४ ) १  गोल अन्तरको जित दर्ता गरेको छ । एल जि एसोसिएनको जितमा अबिनाश तामाङले २ गोल गर्नु भएको छ । तेसै गरी चुलेमान मगर र हेमन्त तामाङले एक एक गोल गर्नु भएको थियो । माछापोखरि युवा कल्बको लागी सुरज तामाङले शान्तना गोल फर्काउनु भएको थियो । खेलको म्यान अफ द म्याच अबिनाश तामाङ हुनु भएको थियो ।

तेसै गरी आजनै भएको दास्रो खेलमा ए वाई सि भण्डारिढिकले सितल जोती युवा कल्ब बिरुद्घ ६ ( ० को फराकिलो गोल अन्तरको जित दर्ता गरेको छ । ए वाई सि भण्डारिढिक को जितमा अजीत गुरङ र अनुज भण्डारीले समान २ गोल गर्नु भएको थियो । तेसै गरी बेल प्रसाद गुरङ र ताईशान तामाङले समान एक एक गर्नु भएको थियो ।
यो खेलको म्यान अफ द म्याच अनुज भण्डारी हुनु भएको थियो ।

तेसै गरी तेस्रो खेलमा डेम साईड कल्बले गार्डेन एफ सि कल्ब लाई ४ ( ० गोल अन्तरले पराजित गरेको छ । डेम साईड कल्बको जितमा निराजन गैरेले २ गोल गर्नु भएको छ । तेसै गरी सुसन गुरङ , गोभिन थापाले समान एक एक गोल गरेका थिए ।
गार्डेन एफ सि कल्ब लागी निशल गुरङले शान्तना गोल फर्काउनु भएको थियो ।
प्रतियोगिता असोज ११ गते सम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लेखनाथको भण्डारीढिक खेलमैदानमा खेलाईने छ । नक आउट सिस्टममा खेलाईने प्रतियोगिताका लागि एन्फा कास्की मा दर्ता भएका १३ कल्बहरुले सहभागीता जनाएका छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५०,००० हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्तै द्घितिय हुने टिमले नगद ९०,००० हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगिताको सर्वा्धिक गोल कर्ता,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोल रक्षक,उत्कृष्ट मिड फिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close