सातौ संगम इलाभेन साइड फुटबल फाईनल : एल जि एसोसिएन भर्सेस बि थर्टिन !

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५०,००० हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त

संगम क्लबको आयोजनामा भएको सातौ संगम इलाभेन साइड फुटबल प्रतियोगितामा बिहिबार पनी दुई खेल समपन्न भएका छन । यो सगै सेमिफाईनल समिकरण पनी पुरा भएको छ ।
सेमिफाईनल अन्तरगत आज समपन्न पहिलो खेलमा एल जि एसोसिएनले सगंम एफ सि लाई १ । ० गोल अन्तरले पराजीत गरेको छ । निकै प्रतीशप्रधात्मक खेलमा एल जि एसोसिएनको तर्फ बाट सुलेमान थापा मगरले एक गोल गरी टिमलाई जित दिलाउन सफल हुनु भएको छ । यो जीत सगै एल जि एसोसिएन फाईनल प्रबेश गरेको छ ।

तेसै गरी आजनै भएको सेमिफाईनल अन्तरगतको दास्रो खेलमा साहारा एफ सि भर्शेस बाजापटन बि थर्टिन बिच खेल भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा बाजापाटन बि थर्टिनले १ । ० को जित दार्ता गरेको छ । बाजापटन बि थर्टिन को लागि खेल को दोस्रो हाफमा शन्तुराम गुरूङले गोल गर्नु भएको छ । यो जीत सगै बाजापटन बि थर्टिन फाईनल प्रबेश गरेको छ ।

अब प्रतियोगिता को फाईनल खेल बाजापटन बि थर्टिन भर्शेस एल जि एसोसिएन बिच भोली बिहिबार दिउसो २ : ३० बजे लेखनाथको भण्डारीढिक खेलमैदान मा खेलाईने छ । नक आउट सिस्टममा खेलाईने प्रतियोगिताका लागि एन्फा कास्की मा दर्ता भएका १३ कल्बहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५०,००० हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्तै द्घितिय हुने टिमले नगद ९०,००० हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगिताको सर्वा्धिक गोल कर्ता,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोल रक्षक,उत्कृष्ट मिड फिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close