बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप-रोयल फुटबल क्लब सिलिगुडी फाइनलमा

विभागीय एपिएफलाई हराउदै भारतको रोयल फुटबल क्लब सिलिगुडी मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोश्रो सेमिफाइनल खेलमा भारतको रोयल फुटबल क्लब सिलिगुडीले विभागीय टोली एपिएफलाई ३-० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

रोयल फुटबल क्लबका तर्फबाट निशान्त लिम्बुले दुई र संजय सुब्बाले एक गोल गरेका थिए । मध्यान्तर अघि एपिएफले निकै प्रतिस्पर्धा गरेपनि ५१ औं मिनेटमा निशान्त लिम्बुले पहिलो गोल गरी रोयल फुटबल क्लबलाई अग्रता दिएका थिए ।

६२ औं मिनेटमा निशान्तले दोश्रो गोल गरी रोयल फुटबल क्लबको जित सुनिश्चित गर्दै गरेको अवस्थामा ७६ औं मिनेटमा रोयल फुटबल क्लबका संजय सुब्बाले तेश्रो गोल गरी एपिएफलाई लज्जास्पद हार ख्वाएका थिए । शनिबार रोयल फुटबल क्लब सिलिगुडी र धरान फुटबल क्लब सुनसरीबीच फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close