नेपाल चीन, भारत, अमेरिकाको पक्षमा नभई आफ्नै पक्षमा उभियोस् : अमेरिकी राजदूत बेरी

चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि नेपालमा बहस भईरहेका बेला अमेरिकी राजदूत ¥यान्डी बेरीले ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ मा नेपाललाई साझेदारी बन्न दवाव नदिने बताउनुभएको छ ।

अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपालमाथि कसैको दवाव वा प्रभाव हेर्न नचाहेको उल्लेख गर्दै इन्डो प्यासिफिकमा आबद्ध हुन दवाव नदिने बताउनुभएको हो । राजदूत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा उभिएको र उभिनै रहने विश्वास पनि व्यक्त गर्नु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा राजदूत बेरीले अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ मा नेपालले आवश्यक्ता महसुस गरे सहभागी हुन सक्ने संकेत समेत दिनुभयो । तर त्यसका लागि नेपालमाथि आफ्नो मुलुकले कुनै पनि प्रकारको दवाव वा प्रभाव केही पनि नदिने राजदूत बेरीको भनाई थियो ।

अमेरिकाले नेपाल चीन, भारत, अमेरिका वा अन्य देशको पक्षमा नभई आफ्नै पक्षमा उभिएको हेर्न चाहेको राजदूत बेरीको भनाइ थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close