नेपाली सेना पहिलो पटक विश्व सैन्य खेलकुद प्रतियोगितामा सहभागी हुने

नेपाली सेना पहिलो पटक विश्व सैन्य खेलकुद प्रतियोगितामा सहभागी हुने भएको छ । चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा नेपाली सेना पहिलो पटक सहगागी हुन लागेको हो ।

खेलकुदको माध्यमबाट विश्वमा शान्ति स्थापना गर्ने मूख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेलहरु हुनेछन । जसमा एक सय पाँच राष्ट्रका १० हजार सात सय १९ जना खेलाडीहरु सहभागी हुनेछन् ।

नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पेन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close