अरनिको राजमार्गमा बढ्याे यातायत जाम

दशैंको लागि पूर्वी नाका हुदै गाउँघर जाने बढेसँगै अरनिको राजमार्गमा यातायत जाम पनि बढेको छ ।

अरनिको राजमार्ग अन्तर्गत सुर्यबिनायक चोक देखि जगाति सम्म बिहान देखि गाडी जाम हुन थालेको हो । दशैंका लागि अरनिको राजमार्ग हुदै १३ गते देखी आज सम्म चार दिनमा ९ सय २९ वटा गाडी वाट २ लाख ३९ हजार ५ सय यात्रु बाहिरिएका छन् ।

अरनिको राजमार्ग हुदै पुर्वी जिल्ला काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र तराईका जिल्लाहरुमा जाने यात्रुको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

जगाती नाकामा रहको यात्रु सहायता कक्षको तथ्यांक अनुसार पुर्वी नाकावाट मात्र दशैं मनाउन फुलपाती सम्ममा ६ लाख भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close