चलचित्र ( किन म ) को पोखरामा च्यारिटी शो को तयारी !

क्यानडामा सम्पन्न टोरन्टो फिल्म फेष्टिभल २०१९ मा नेपालबाट छानिएर प्रदर्शन भएको एक मात्र नेपाली चलचित्र (किन म) को पोखरामा च्यारिटी शो हुनेभएको छ । उक्त फिल्मको आगामी कात्तिक २ गते शनिबार सभागृह स्थित मिडटाउन ग्यालेरियामा च्यारिटी शो को तयारी गरिएको निर्माण युनिटले जनाएको हो । नेपालका विभिन्न शहरहरुका रहेका सडक बालबालिकाहरुको विषयवस्तुलाई उठान गरिएको उक्त चलचित्रको निर्देशन संग्राम तामाङ्ले गर्नुभएको छ । फिल्म (किन म) महेश थापा, विमल राई र आशिस लामाले संयुक्त रुपमा निर्माण गर्नुभएको हो ।

फिल्ममा बाल कलाकारहरु दिक्षान्त लिम्बु, प्रशान्त लिम्बु, र मनिष मानन्धर तथा कलाकार जयन्ति मोक्तान र महेश थापा लगायतको जिवन्त अभिनय रहेको छ । करिब ५५ लाखको लागतमा निर्माण गरिएको चलचित्र व्यापारिक नभई आर्ट अर्थात सन्देशमुलक भएको निर्माण युनिटले बताएको छ । सडक बालबालिकाहरुको पठनपाठन सहयोगार्थ पोखरा लगायत मुलुकका बिभिन्न शहरहरुमा च्यारिटी शो को तयारी गरिएको निर्माता महेश थापाले जानकारी दिनुभयो । कलाकार जयन्ति मोक्ताले पारिवारिक माया र ममताबाट विमुख तथा सामाजिक रुपमा उपेक्षित बालबालिकाहरुको फिल्म मार्फत उत्थान हुने विश्वास व्यक्त गर्नुभएको छ । च्यारिटी शो का लागी रु.५ सय रुपैयाँको टिकट तोकिएको छ । चलचित्र टाईम्स् इण्टरटेन्मेन्ट र एम बि ए इण्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close