तीनकुनेको दुबो चोरियो, प्रहरीको पहरा !

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा तीनकुनेमा रोपिएको दुबो चोरी भएको छ ।

केही ठाउँमा राखिएका दुबोका चपरी हराएको काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार दुबो हराउन थालेपछि महानगरपालिकाले सशस्त्र प्रहरीलाई सुरक्षा तथा रेखदेखका लागि अनुरोध गरेको छ ।
यसअनुसार अहिले सशस्त्र प्रहरीले दुबो रोपिएका क्षेत्रमा रेखदेख गरिरहेको श्रेष्ठले बताए ।

सिनामंगलस्थित सशस्त्र प्रहरीको विपद् उद्धार गणका सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । गणका जुनियर अधिकृतको नेतृत्वमा दुई दर्जनबढी सुरक्षाकर्मीले पहरा दिएका छन् ।

चिनियाँ राष्ट्रपति आउँदा तीनकुने पार्कमा तीनतर्फ डिल बनाएर त्यसमाथि फूल, विरुवा र दुबो रोपिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close