‘ नेपाल आईस फेशन आईकन २०१९ ‘ हुदै !

टिआरा ईन्टरटेनमेन्टको आयोजनामा

बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ टिआरा ईन्टरटेनमेन्टको आयोजनामा ‘ नेपाल आईस फेशन आईकन २०१९ ‘ प्रतियोगीताको हुने भएको छ ।
उक्त प्रतियोगिताबाट छनौट भएकाहरुलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा विभिन्न प्रतिष्पर्धाहरुमा प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिनुभएको छ ।
सो प्रतियोगितामा इच्छुक १६ वर्षदेखि ३० वर्षसम्मका जोकोही महिला तथा पुरुष प्रतियोगीहरुले सहभागिता जनाउन सक्नेछन् ।
पोखरा , चितवन , काठमाडौं , दमौलि , शुक्लागण्डकी , स्याङ्जा , दमक , बित्तामोड , धरान , ईटहरि लगाएका ठाउमा प्रतियोगीताको अडिसन हुने आयोजकले जनाएको छ । अडिसन मा सहभागी हुनको लागि फर्म खोलिसकेको छ ।
प्रतियोगीताको विजेता हरेक ठाउकोले क्राउन सगै नगद ,सहित अन्य उपहार प्राप्त गर्ने र नेपाल फेशन आईकन २०१९ मा पनी सिधै प्रबेश पाउने आयोजकले जनाएको छ । प्रतियोगीताका टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग रहेको टिआरा ईन्टरटेनमेन्टले जनाएको छ ।
बाकि जानाकारीको लागी कार्यक्रम संयोजक सिर्जना क्षेत्री
सम्पर्क ( ९८१५१००१२८ , ९८०२८३१४३९ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close