प्रधानमन्त्री ओलीद्वारा एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे चासो व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे चासो राख्नुभएको छ ।

सिंहदरबारस्थित एक्सन रुमबाट प्रधानमन्त्री ओलीले विमानथस्ल, जलविद्युत, लोकमार्ग लगाउतका विषयमा चासो राख्नुभएको हो । उहाँले राष्ट्रिय गौरवका योजनाहरु समयभन्दा अगाडि नै सक्ने गरी काम गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । साथै योजनाहरुको अनुगमन गर्दै सम्बन्धित मन्त्रीलाई समेत सचेत गराउनुभएको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले पोखरा र भैरहवाका अन्तर्रा्ष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई र पुष्पकमल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गर्नुभएको थियो ।

एक्सन रुमबाटै अनुगमन गर्ने क्रममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. युवराज खतिवडा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, नागरिक उडड्यन तथा पर्यटनमन्त्री योगेशकुमार भट्टराई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा प्रधानमन्त्री पत्नी राधिका शाक्यको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close