मखमली फूलको माला गाँस्न भक्तपुरका कृषकलाई भ्याइ नभ्याई

तिहारको आगमनसँगै भक्तपुर फूलमय बनेको छ । भक्तपुरका हरेक क्षेत्रका खेतबारी र कान्लामा फूलेका मखमली, सयपत्री गोदावरीको फूलले भक्तपुरका ग्रामीण भेग फूलमय बनेको हो । तिहारको आगमनसँगै भक्तपुरका फूल खेती गर्ने किसानहरुलाई फूलको माला गाँस्न भ्याई नभ्याई हुने गरेको छ ।

बारी तथा खेतमा फुलेको फूल टिप्न र माला गाँस्न भ्याई नभ्याई हुने भक्तपुरका किसानलाई एक छिन पनि फुर्सद छैन, यतिबेला । अझ मखमली फूल नओईलाउने भएका कारण किसानहरु मखमली फूलको माला उन्न अहिले देखि नै ब्यस्त देखिएका छन् । बेलैमा मखमली फूल टिपेर माला गाँस्न सके तिहारको समयमा सहज हुने भएकै कारण अहिले फूल खेती गर्ने किसानहरु माला गाँस्न व्यस्त छन् ।

तिहारमा मखमली माला लगाउँदा भाईको आयु लाम्रो हुने विश्वासका साथ मखमली फुलको माला चलाउने चलन छ । भक्तपुरको गुन्डु लगायत ताथलीका बिभिन्न स्थानका कृषकहरुले मखमली फुल खेती गर्दै आएका छन् । बजारको माग धान्ने भक्तपुर भएपनि कृषि कार्यक्रम अन्र्तगतका अनुदान नआउँदा कृषक भने चिन्तित छन् ।

तिहारको समयमा मखमली फुलको माला बेचेर मात्र एक दुई परिवारले एक लाख पचास हजार सम्म कमाउने गरेका छन् । तर, सरकारले कृषकको मेहनत अनुसार सामानको बजारभाउ ब्यवस्थित नगरिदिएकोमा उनीहरुको गुनासो छ ।

अहिले भक्तपुरमा मखमली फुलको होलसेलमा प्रति माला २५ रुपैया सम्ममा बिक्रि भइरहेको छ । विशेष गरि तिहारमा मखमली फुल र सयमत्रीको फुल बिक्रि हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close