वनभोज खान गएर फर्किँदै गरेको ट्याक्टर देउखुरीमा पल्टियाे, ३ को मृत्यु, २६ घाइते

देउखुरीमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा ३ को घटनास्थल ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको छ । देउखुरीको गढवा गाउँपालिका वडा न ६ मनिकापुरबाट वनभोज खान गएर फर्किने क्रममा सोही गाउँपालिका वडा न ५ को चिसापानी भन्ने ठाउँमा रा १ त २३९३ न को टेक्टरको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अहिले सम्म तीन जनाको ज्यान गइसकेको दङ्ग प्रहरी प्रवक्ता बिनोद बिक्रम शाहले बताए । ज्यान जानेमा गढवा गाउपालिका वडा न. ६ मनिकापुरकी १२ बर्षीया मीनु पुन, सीमा परियार र सुनिता पुन मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिएका छन् ।

मृतकहरुको शव पोस्ट मार्टमका लागि लमही अस्पताल पठाईएको छ । घाइतेहरुको जिल्ला बाहिर रिफर गरिएको प्रहरी निरीक्षक थपलियाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close