साओमीले पोल्याण्डमा सार्वजनिक गर्दैछ ‘एमआई नोट १०’

चाइनिज स्मार्टफोन निर्माता कम्पनी साओमीले यसै साताको सुरुवातमा ‘एमआई नोट १०’ लाई चाँडै सार्वजनिक गर्ने कन्फर्म गरेका थिए । कम्पनीको तर्फबाट यस स्मार्टफोन विश्वकै पहिलो १०८ मेगापिक्सल पेन्टा क्यामेरा सेटअपवाला स्मार्टफोन हुने बताइएको छ ।

भर्खरै मात्र कम्पनीले टिजर पोस्ट गर्दै यस स्मार्टफोन १४ नोभेम्बरका दिन पोल्याण्डमा सार्वजनिक गर्ने जानकारी दिएको छ । ‘एमआई सीसी९ प्रो’ सार्वजनिकपछि १०८ मेगापिक्सल क्यामेरावाला स्मार्टफोन सार्वजनिक हुनेछ ।

५ नोभेम्बरका दिन चीनको भब्य समारोहकाबीच कम्पनीले ‘एमआई सीसी९ प्रो’ सार्वजनिक गर्दैछ । यसका साथै साओमीले चीनमा ५ नोभेम्बरकै दिन स्मार्ट वाच पनि सार्वजनिक गर्दैछ ।

उक्त स्मार्टफोनमा पनि १०८ मेगापिक्सलको प्राइमरी रियर क्यामेरा हुनेछ । यस फोनमा पनि पाँचर रियर क्यामेरा उपलब्ध हुनेछ । सायद कम्पनीले यस नयाँ स्मार्टफोनलाई कम्पनीले ‘एमआई नोट १०’को नामबाट १४ नोभेम्बरका दिन पोल्याण्डमा सार्वजनिक गर्नेछ ।

जानकारी अनुसार जानकारी अनुसार ‘एमआई नोट १०’ र ’ र ‘एमआई सीसी९ प्रो’का कयौं फिचर्सहरु एउटै हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close