एक कार्यक्रमका विच मानवसेवा आश्रम पोखरा शाखा लाई सोलर वाटर हिटर प्रदान !

एक लाख रकम बरावरको चारसय लिटरको सोलर वाटर हिटर प्रदान

एलजी एसोसिएसन हङ्कङमा आवद्ध संस्थापक चेतन गुरुङ, चेयरप्रसन विशाल गुरुङ तथा कोअडिनिटर हिमाल रानाको व्यक्तिगत तर्फवाट अशक्त, अनाथ, अपाङ्ग, असाहय, एवं मानसिक संतुलन गुमाएर बेवारिसे भएर कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका मानवहरुको सेवा गर्ने उदेश्यले पोखराको छोरेपाटनमा अवस्थित मानवसेवा आश्रममा बुधवार एक कार्यक्रमका विच एक लाख रकम बरावरको चारसय लिटरको सोलर वाटर हिटर प्रदान गरिएको छ ।
आश्रममा ९९ जनाले आश्रय पाएका छन्, ती मध्ये केही स्याङजा र तनहुँ वाट छन् भने अधिकाश पोखराका विभिन्न ठाउँहरुका सडकपेटीमा वेवारिसे अवस्थामा उदार गरी आश्रममा ल्याईएको गण्डकी प्रदेश प्रमुख होमनाथ तिमल्सिनाले जानकारी दिए ।


कार्यक्रममा एलजी एसोसियसन हङ्कङका संस्थापक चेतन गुरुङले सोलर वाटर हिटर गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनालाई हस्तान्तरण गर्दै उनले भने ‘‘बाध्यता र विवश्ताले गर्दा आफ्नो जन्मभुमि छोडी विदेशिए तापनि माया आफ्नै माटोको लाग्छ ।’’ आज हामीहरुको सानो सहयोगले आमा बुबाको मुहारमा खुशी देख्दा हर्षित भएका छौँ ।
कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक मेघमान श्रेष्ठले उपस्थित सवैलाई स्वागत गर्दै पशुपतिनाथ, मुक्तिनाथ, शम्भुनाथ, बुद्धनाथको देश भनेर चिनिछ, तर यस्तो नाथैनाथको देशमा विभिन्न बाध्यता र विवश्ताले गर्दा आजका दिनमा अनाथ हुनुपरेको छ । अवको एक्काइसौँ शताब्दीमा कोही पनि वृद्ध तथा अपाङ्ग भएकै कारण अपहेलना गर्ने कार्यलाई रोक्न आफुले सकेको सहयोग गर्न आग्रह गरे ।
गण्डकी प्रदेश प्रमुख होमनाथ तिमल्सिनाले मानवसेवा आश्रम के चाहान्छ, भने यस्ता आश्रमहरु हाम्रा समाजमा खुल्नै नपरोस, यस्ता आश्रमहरु खुल्नु भनेको समाजमा नकारात्मकता फैलनु हो यसकारण पनि हामी सवैले सवैलाई मानवीय दृष्टिकोणबाट हेर्न सकेको खण्डमा मात्र मानब हुनुको सार्थकता रहने बताए ।

 


पोखराबाट मानब आश्रममा सहयोगको लागी संयोजन गर्ने समाजसेवी रविन गुरुङले आफ्नो लागी मात्र नभई अरुको लागी पनि सोची आफुले सकेको सहयोग गर्नु सेवा नै धर्म भएको बताए ।
उक्त कार्यक्रममा रोट्रयाक्ट क्लव अफ अन्नपूर्णका वर्ष २०१९÷२० का अध्यक्ष रोट्रयाक्टर रोहित गिरी, वी क्यान डुका संस्थापक जिवन आचार्यको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close