म प्रशासक होइन, जनताको सेवक हुँ : प्रजिअ कुरुम्बाङ

स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नु भएका रामबहादुर कुरुम्बाङले आफू प्रशासक नभई जनताको सेवक भएको बताउनु भएको छ ।

सीडीओलाई शासकको रुपमा समेत हेरिने संस्कारतर्फ इङ्गित गर्दै कुरुम्बाङले भन्नुभयो, ‘अब जनताको सेवकको रुपमा हेरिने वातावरण म बनाउँछु ।’

सोमबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सञ्चारकर्मीसँग भएको छलफलमा सुशासन कायम गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने उहाँले स्मरण गराउनुभयो । खराब चरित्रलाई बाहिर ल्याउन पत्रकारलाई आग्रह गर्दै प्रजिअ कुरुम्बाङले खोज पत्रकारिता गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मबाटै खोज पत्रकारिताको सुरुवात गर्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close