कास्की २ मा २५ उम्मेदवारी दर्ता, ११ जना स्वतन्त्र उम्मेदवार !

मङ्सिर १४ मा हुने उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको उम्मेदवारी दर्तामा २५ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  उपनिर्वाचनका लागि ११ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको र १४ जना पार्टीगत एवं ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने शनिबार गरिने उपाध्यायले बताए ।

यस क्षेत्रमा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराईका साथै प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । यस्तै साझा बाट रजनी केसी, देशभक्तभ समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाट, राप्रपाका रोमबहादुर भण्डारीले पनि उम्मेदार मनोनयनपत्र दर्ता गरेका छन् ।

उम्मेदवारी मनोनयन दर्तासंगै कास्की २ मा चुनावी सरगर्मी बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close