टिका सानु, बाबु कृष्ण परियारको अभिनय सुर्य ढकालको निर्देशनमा ‘ पलाश ‘ नामक गितको भिडियो सार्वजानिक !

लोकदोहोरी क्षेत्रको उदाउँदो तारा भनेर परिचित सुर्य ढकाल ले अभिनय संगै भिडियो निर्देशन समेत गर्न थालेका छन् । बाग्लुंग जिल्ला मा जन्मिएर लोक दोहोरी लाई आफ्नो भबिस्य बनाउंदै काठमाडौ मा संघर्षत मोडल ढकालले यस अघि अभिनित आधा दर्जन बढी गित निस्किसकेका छन । पछिल्लो पटक उनले भिडियो निर्देशन पनि गरेका छन । राजेश खड्का र अनुषा राम्जाली को पछिल्लो एल्बम पलाश मा उनले आफ्नो निर्देशन को क्षेत्र मा पनि डेब्यु गरेका हुन् । चर्चित गायक गायिका राजेश खड्का र अनुषा राम्जाली को स्वर रहेको यस पलाश नामक गित को लय तिलक वली को रहेको छ भने विजय चन्द दर्पण को शब्द रहेको छ । गितको म्युजिक भिडियो मा गायक गायिका संगै मोडलिङ क्षेत्र मा पनि सफल बन्दै गएका मोडल टिका सानु, बाबु कृष्ण परियार लगायत सम्पूर्ण लामिछाने लाई देख्न सकिन्छ । सुतली टिभी अफिसियल युटुब च्यानेल बाट सार्बजनिक गरिएको उक्त गित को छायांकन सागर गौतम ले गरेका छन् भने राजकुमार मगर ले सम्पादन तथा गोबिन्द बिबस ले नृत्य निर्देशन गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close