ज्यान लिने धम्की दिनेलाई कारबाही माग

पोखरा ।  भरतपोखरी, कृस्ती, निर्मलपोखरी सहलगानी खानेपानी आयोजना उपभोक्ता संस्था पोखरा–२१ ले सामाजिक कार्य गर्ने व्यक्ति असुरक्षित हुनु नपरोस् भन्दै कानूनी राज्यको प्रत्याभूति गराउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी सो आग्रह गरेको हो ।
संस्थाका अध्यक्ष दाताराम शर्माले छद्मनामबाट पुस २ र ३ गते दुई मितिमा आफूलाई ज्यान लिने धम्कीपूर्ण पत्र आएको र यस सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराएको बताए ।
खानेपानी आयोजनाका लागि छुट्टाइएको रकम अर्को शीर्षकमा किन खर्च भयो भनी वडाध्यक्ष खगराज आचार्य र वडाकै नेकपा अध्यक्ष कृष्ण थापासँग भएको सामान्य विवादलाई जोडेर धम्कीपूणै पत्र आएको उल्लेख गर्दै उनले पूर्व माओवादी सनी राई उल्लेखित धम्कीपूर्ण पत्र लेख्ने उक्त छद्मनामको व्यक्ति वडाध्यक्ष तथा पार्टी अध्यक्षसँग सम्बन्धित व्यक्ति हो वा अरु हो छानविन हुनुपर्ने बताए ।
प्रहरी प्रशासनले ध्यान दिएमा धम्कीपूर्ण पत्रको हस्ताक्षर समेतका आधारबाट पनि त्यस्ता व्यक्ति पत्ता लगाउन सक्ने भन्दै यथाशीघ्र कानूनी दायरामा ल्याई शान्तिसुरक्षा कायम गर्न उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close