चार वटा बच्चा दिईन् सुनिताले

पोखरा | स्याङ्जा पुतलीबजारकी एक युवतीले बिहीबार चम्ल्याहा शिशुको जन्म दिएकी छन् ।
स्याङ्जा पुतलीबजार नगरपालिका वडा १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा १ छोरासहित चार शिशुको जन्म दिएकी हुन् ।
अस्पतालमा कार्यरत डा महेन्द्र पाण्डे सहित चार जनाको टोलीले सुत्केरीको शल्यक्रिया गरेका थिए ।
ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।
पहिलो बच्चा (छोरी) १.६ किलोग्राम, दोस्रो (छोरा) १.३ किलोग्राम, तेस्रो (छोरी) १.३ र चौथो (छोरी) १.४ किलोग्रामका छन् । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलोग्राम हुनुपपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close