राष्ट्रिय सभा चुनाव: गण्डकीबाट श्रेष्ठ र न्यौपाने विजयी

पोखरा । राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत गण्डकीमा दुवै पद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जितेको छ । अन्यतर्फ नेकपाका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने विजयी भएका हुन् ।
विजयी श्रेष्ठले निकटतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे ।
श्रेष्ठको ३ हजार ४ सय ६२ मतभार हुँदा रेग्मीको २ हजार २ सय ६६ मात्रै मतभार छ । अन्यमा मात्रै उम्मेदवारी दिएको जनमोर्चाका तर्फबाट उम्मेदवार शंकरप्रसाद बरालले १ सय ९८ मतभार पाए ।
महिलातर्फ न्यौपानेले काँग्रेसकी विमला गौचनलाई १ हजार २६ मतभारले हराइन्् । विजयी न्यौपानेको ३ हजार ३ सय ६६ मतभार हुँदा गौचनको २ हजार ३ सय ४० मतभार छ । महिलातर्फ उम्मेदवारी नदिएको जनमोर्चाले आफ्नो मत बदर गरिदिएको छ ।
सांसद सुरेन्द्र्र पाण्डे र बृन्दादेवी रानाको समय सकिएका कारण रिक्त हुने पदमा चुनाव भएको हो । दुवै सांसद काँग्रेसका हुन् । नतिजा घोषणालगत्तै विजयी उम्मेदवार सहित नेकपाले पोखरामा विजयी ¥याली निकालेको थियो ।
जिल्ला निर्वाचन कार्यालय कास्कीमा बिहीबार बिहान १० देखि शुरु मतदान कार्यक्रम दिउँसो ४ बजे सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close