६ हजार घूससहित पक्राउ

भोजपुर, १० माघ (रासस)ः पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार घूस लिएको अभियोगमा पक्राउ परेका छन् ।
पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घूस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको जनाएको छ ।
इ. तिवारीलाई शुक्रबार ६ हजार घूससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रंगेहात पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close